Logo

मेघनाथ पहाडी

बैशाख ११, २०७९ आईतबार

सिन्धुपाल्चोकका युवा नेता अण लामा अध्यक्षमा सर्वसम्मत


ana lama

काठमाडौं । नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका वडा नं ५ को अध्यक्षमा युवा नेता अण लामा सर्वसम्मत चयन भएका छन् ।

विगत लामो समयदेखि राजनीतिमा सक्रिय रहेका लामालाई सिन्धुपाल्चोकको इन्द्रावती –५ नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनाईएको हो ।

राजनीतिमा मात्र नभएर सामाजिक काममा पनि उत्तिकै सक्रिय रहेका युवा नेता लामालाई सहयोग गर्न नेपाली कांग्रेस मात्र नभयर अन्य पार्टी सँग सम्बन्धित नेता कार्यकर्ताहरुले समेत सहयोग गर्ने भएका छन् ।

आम वडावासीको ईच्छा र चाहाना अनुसार युवा नेता अण लामालाई नेपाली कांग्रेसले इन्द्रावती– ५ बाट वडाध्यक्षको उम्मेदवार बनाएको स्थानीयले जनाएका छन् ।

यो पनि पढ्नुहोस् :

३ करोडको सम्पति गुमाएका अण लामाले मेलम्चिमा गरे लाखौको राहत वितरण