Logo

भवानी कार्की

बैशाख १३, २०७९ मंगलबार

गठबन्धन फिक्कलको अध्यक्षमा नृप भुजेल र उपाध्यक्षमा लोकेन्द्र कार्कीको उम्मेदवारी


सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिका गठबन्धन तर्फको अध्यक्षमा नेपाली कांग्रेसका नृप भुजेल र उपाध्यक्षमा माओवादी केन्द्रका लोकेन्द्र बहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा होम्मियका भुजेलले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार पाएका हुन् । त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्लाकै लोकप्रिय नेताको रुपमा आफ्नो पहिचान बनाउन सफल नेता कार्कीले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भएपश्चात फिक्कलमा एमालेले चुनाव हार्ने अनुमान गरिएको छ । एमालेका पनि निकै लोकप्रिय मानिएका नेता चुनावी मैदानमा होम्मिएसँगै फिक्कलमा चुनावी माहोल तातेको छ ।