Logo

बागमती पेज

बैशाख १३, २०७९ मंगलबार

बूढानीलकण्ठ –९: सुमित्रा त्रिपाठीको नेतृत्वमा बन्यो एमाले टीम


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ९ मा सुमित्रा त्रिपाठी पाण्डेको नेतृत्वमा नेकपा एमालेले मनोनयन दर्ता गरेको छ ।

०७४ सालमा एमालेबाट निर्वाचित सुमित्रा त्रिपाठी पाण्डे विगत ३ वर्ष देखि वडाको काव वडाध्यक्षको रुपमा कार्यरत रहेकी थिईन् । नेतृ त्रिपाठीको अध्यक्षमा बनेको एमाले टीमलाई नगरपालिका भित्र शक्तिशाली रुपमा लिईएको छ । सोही टीम चुनावी मैदानमा उत्रियको हो ।

त्यसैगरी सदस्यमा दिलिप थिङ्ग, मनोहरी जोशी, कमला ढकाल अधिकारी, दलित महिला सदस्यमा गंगामाया नेपालीले आफ्नो उम्मेदवारी दिएका छन् ।

नेकपा एकिकृत समाजवादी तथा नेपाली कांग्रेसलाई पछिपार्दै नेकपा एमालेले जित हासिल गर्ने नेताहरु बताउछन् । यस टीमलाई नगरपालिका भित्रै निकै बलियो टीमको रुपमा लिईएको छ ।