Logo

भवानी कार्की

बैशाख १३, २०७९ मंगलबार

भीमेश्वर -७: युवा नेता विनोद तमाङको नेतृत्वमा बन्यो एमाले टीम


दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नं ७ को वडाध्यक्ष पदका लागि नेकपा एमालेबाट युवा नेता विनोद तमाङ सर्वसम्मत चयन भएका छन् ।

खेलकुद महासंघ दोलखाको अध्यक्ष तथा पुर्व पर्यटन नागरिक उड्यान तथा संस्कृती मन्त्रालय सचिवलयमा समेत रहेका युवा नेता तमाङ दोलखा भीमेश्वर नगरपालिको वडा नं ७ को वडा अध्यक्षमा सर्वसम्मत सिफारिस भएका हुन् ।

युवा नेता तमाङले विगत १० बर्षदेखी नेकपा एमालेमा सकृृय भई राजनीति गर्दे आएका थिए । युवा बर्गको जोश र जाँगरलाई मध्यनजर गर्दे वडाका सम्पुर्ण युवा वर्गलाई बैदेशिक रोजगारमा जानबाट रोकी स्वदेशमै उद्य्मशिल बनाउने प्रतिबद्धताका साथ नेता तमाङले वडाध्यक्षका लागि उम्मेद्धवारी दिएका हुन् ।

युवा नेता तमाङले जनप्रतिनिधि नहँुदा पनि वडास्तरिय आयोजनाहरुमा स्थानिय तहदेखी प्रदेश हँुदै केन्द्रय स्तरबाट बजेटको पहल गरी वडाको विकासका लागि पहल गरेको थिए । आगामी दिनमा आफु जनप्रतिनिधि भएपश्चात अझ जोश जाँगरका साथ विकासका पुर्वाधारमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।

बगमती पेज संग कुरा गर्दे नेता तमाङले भने, ‘आफु वडाको अध्यक्ष भए पश्चात वडामा सवैलाई सम्मान र समान अवसरका साथ  वडाका सम्पुर्ण युवाहरुलाई समेटी युवा जोश जाँगरलाई आत्मासाथ गर्दे युवा लक्षित कार्यक्रम आयोजना गरी सवै युवाहरुको जोस र जाँगरलाई सहि ढंगले सहि ठाउँमा प्रयोग गर्दे उद्यमशिल बनाउने प्रतिबद्धाता जनाएका छन् ।’

युवा नेता तमाङका चुनावी प्रतिबद्धता:

आफु पनि राष्टिय तथा अन्तराष्टिय स्तरमा कराँते खेल खेलिसकेको र विगत लामोे समयदेखी कराँते प्रशिक्षक, फुुटवल क्षेत्रमा पनि विशेष योगदन सहित अनुभव प्राप्त गरेका युवा नेता तमाङ नेपाल खेलकुद महासंघ दोलखाको अध्यक्ष समेत रहेकाले पनि वडाको खेल क्षेत्रलाई विशेष जोड दिई राष्टिय तथा अन्र्राष्टिय स्तर सम्मका खेलाडी उत्पादन गर्ने ।

विकासका पुर्वधारलाई जोड दिँदै शिक्ष, स्वास्थ्य तथा सुविधायुक्त वडाको निर्माण गर्ने ।

स्थानिय युवाहरुलाई वडामै रोजगारिको सिर्जन गर्ने ।

कृषि क्षेत्रलाई मध्यनजर गर्दे कृषीलाई आधुनिकिकरण तर्फ अघि बढाउने ।

महिला तथा अन्य समुदायका मानिसका लागि विशेष कार्यक्रमको योजना ल्याउने ।

“सुखी नेपाली, समृद्ध नेपाल” भन्ने नारालाई हृदयत आत्मासाथ गर्दे भीमेश्वर नगरपलिकाको वडाध्यक्ष पदका लागि सर्वसम्मत चयन भएका हुन् ।