Logo

मेघनाथ पहाडी

बैशाख २३, २०७९ शुक्रबार

कुशलमय बन्दै फिक्कल : गरे महत्वपूर्ण घोषणा !


काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै घरदैलो अभियानलाई प्राथमिकताकासाथ अगाडी बढाईएको छ । यसै क्रममा सिन्धुलीको फिक्कल गाउँपालिकामा पनि अभियानलाई तीब्रता दिईएको हो ।

फिक्कल गाउँपालिकामा मात्र नभएर जिल्लाब्यापी रुपमा सत्तापक्षले गठबन्दन गरेको छ । भने नेकपा एमाले सिंगै चुनावी मैदानमा उत्रियको छ ।

फिक्कल गाउँपालिका वडा नं ३ मा घरदैलो अभियान प्रभावकारी बनेको नेपाली कांग्रेस युवा नेता गोपाल पहाडीले बागमती पेजलाई जनाएका छन् । उनका अनुसार नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार युवा नेता कुशल पोखरेल लगायत सदस्यहरुले घरदैलो अभियानलाई प्रभावकारी बनाउँदै चुनावी माहोलमा होम्मियका हुन् ।

आम वडावासीको ईच्छा चाहाना अनुसार युवा नेता पोखरेललाई नेपाली कांग्रेसले फिक्कल–३ बाट वडाध्यक्षको उम्मेदवार बनाएको हो । अध्यक्ष पदको उम्मेदवार युवा नेता कुशल पोखरेल सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्षका उम्मेदवार युवा नेता पोखरेलले वडाध्यक्ष निर्वाचित भएपश्चात आफ्नो ५ वर्षे कार्यकालको संपुर्ण सेवा सुविधा सामाजिक कामका खर्च गर्ने बताएका छन् ।

विशेष गरी आर्थिक समस्यका कारण विद्यालय जान नपाएका विद्यार्थीको लागि, आर्थिक समस्याका कारण स्वास्थ्य तथा अन्य भैपरी आउने समस्या समाधानमा खर्च गर्ने उक्त रकम खर्च गर्ने घोषणा गरेका हुन् ।

विगत देखि नै समाजसेवामा सक्रिय रहेका युवा नेता कुशल पोखरेललाई फिक्कलका सम्पुर्ण युवाहरु एक भएर जिताउने अभियानमा जुटेका छन् । कांग्रेसबाट टिकट पाएका उनलाई अन्य पार्टीका युवाहरुको समेत साथ सहयोग रहेको छ । फिक्कल युवा मयमात्र नभई अहिले कुशलमय बनेको छ । उनले विभिन्न युवा तथा महिलालाई समेट्ने फरक खालका योजना अघि सारेका छन् ।

विगतमा गरेको कामको मुल्याङ्कन गर्दै युवा नेता कुशल पोखरेल लगायत गठबन्धन टीमलाई नेपाली कांग्रेस र माओवादी केन्द्र नेतृत्वले टिकट प्रदान गरेको हो । फिक्कल ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको छ । यस गठबन्धनलाई बलियो टिमको रुपमा हेरिएको छ ।