Logo

बागमती पेज

बैशाख २६, २०७९ सोमबार

नबिल बैंकद्वारा कर्मचारी परिवारका लागि छात्रवृत्ति कार्यक्रम सुरु


काठमाडौं । नबिल बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारको लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ ।

नबिल बैकले सोमबारदेखि उक्त छात्रवृत्तिको सुरुवात गरेको हो । यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षा बोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् ।

उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।

पुरस्कारको रकम रु. ५०,००० प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने कुरा बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । स्व. पौड्यालले बैंकमा लामो समयदेखि सञ्चालक समितिमा योगदान गर्दै आएका थिए ।