Logo

बागमती पेज

बैशाख २६, २०७९ सोमबार

‘सबल स्थानीय सरकार, समुन्नत बूढानीलकण्ठ नगर’


काठमाडौँ । नेपाली कांग्रेस बूढानीलकण्ठ नगरपालिकाका उम्मेदवार विनोद चालिसेले घोषणा पत्र सार्वजनिक गरेका छन् । सुन्दरबस्ति स्थित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उक्त घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

नगरको दिगो विकासको परिकल्पना सहित उम्मेदवार चालिसेले व्यवस्थित सहर, जीवन्त नगर, ‘समुन्नत बूढानीलकण्ठ, हाम्रो रहर’ नारा सहित घोषणा पत्रमा उल्लेख गरेका छन् ।

युवा जोसले भरिएका चालिसेले नगर विकासको यात्रामा सबै नगरवासीलाई एकसाथ लिएर अघि बढ्ने संकल्प व्यक्त गरे ।

यस्तो छ चालिसेको घोषणा पत्रमा उल्लेख भएका मुख्य बुँदाहरुः
१. प्रविधिमैत्री सेवा प्रवाह र सुशासन
२. स्वास्थ्य र सामाजिक सुरक्षा
३. गुणस्तरीय शिक्षा
४. स्थानीय पूर्वाधार
५. संस्कृति र सम्पदा
६. शुद्ध पानी, स्वच्छ वातावरण, सफा नगर
७. रोजगारी र उद्यमशीलता
८. पर्यटन र खेलकुद
९. सहकार्य र साझेदारी