Logo

मेघनाथ पहाडी

बैशाख २७, २०७९ मंगलबार

५ वर्षे अनुभवले हौसला थप्यो, जनचाहाना अनुसार अध्यक्षको उम्मेदवारी दिए : सुमित्रा त्रिपाठी पाण्डे


काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिए सँगै देशव्यापी रुपमा चुनावी माहोल तातेको छ । त्यसैबीच बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा भने नेकपा एमालेबाट अध्यक्ष पदको उम्मेदवार सुमित्रा त्रिपाठी पाण्डे उदाहरणिय बनेकी छन् ।

स्थानीयस्तरमा सामाजिक कार्यसँगै उनी राजनीतिक गतिविधिमा पनि संलग्न रहँदै आएकी थिइन् । यसअघिको चुनावमा पार्टीको सल्लाहबमोजिम नै उनी वडा सदस्य उम्मेदवार बनेकी थिइन् । वडा सदस्यमा जितेर वडाध्यक्षसँगै समन्वय गर्दै आएकी उनलाई तीन वर्ष कार्यवाहक वडाध्यक्षको जिम्मेवारीमा रहेर नजिकबाट वडावासीको सेवा गर्ने अवसर मिल्यो । त्यसलाई आफूले अवसरको रूपमा लिएको उनले बताइन् ।

‘अघिल्लो अनुभवले मलाई वडाध्यक्ष बन्न हौसला दिएको छ,’ उनले भनिन्, ‘वडाध्यक्षको जिम्मेवारी सहजतापूर्वक निभाएकाले पार्टीले पनि मलाई नै अघि र्सायो ।’ उनले आफू कार्यवाहक वडाध्यक्ष भएर काम गर्दा वडाको सेवामा चुस्तता आएको बताइन् । त्यस्तै, विगतमा भौतिक पूर्वाधारका काममा वडाले चासो दिएकाले यसपटक निर्वाचित भएपछि फरक क्षेत्रमा काम गर्ने उनको योजना छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ९ नेकपा एमालेका उम्मेदवारहरुको टीम

पाण्डेले विगतको कार्यकालमा वडामा भौतिक पूर्वाधारमा काम गरेकाले यसपटक चुनाव जिते सामाजिक विकासमा काम गर्ने बताइन् । ‘अब हामी स्थानीयको गाँस, वास र कपासका विषयमा ध्यान दिन्छौँ,’ उनले भनिन्, ‘यसबाहेक ज्येष्ठ नागरिकलाई सहज गरी सेवा प्रवाह गर्छौं ।’उनले आफू निर्वाचित भए ज्येष्ठ नागरिक भवन निर्माण गर्ने बताइन् ।

त्यस्तै, युवालाई रोजगार दिने र वडाको मण्डिखाटारमा भूमिहीनको संख्या धेरै भएकाले तिनलाई व्यवस्थापन गर्ने योजना पनि उनको छ । स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई आगामी कार्यकालको मुख्य एजेन्डाको रुपमा अघि सारेको उनको भनाई छ ।

‘वडा भरिका अग्रज, महिलाहरु र सम्पुर्ण वडावासीको जनचाहना अनुसार मैले अध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ । सबै नेतृत्वमा पुरुषहरु मात्रै पुग्नुपर्छ भन्ने छैन, हामी महिलाहरुले पनि सफलतापुर्ण काम गर्न सक्छौ ।’

उनले भनिन्, यसको उदाहण विगतमा पनि दिए होला र अब अध्यक्षमा जितेपछि तपाई सम्पुर्णमा विस्वस्त पार्न चाहान्छु । यो उम्मेदवारी मेरो मात्र हैन देश भरिका नारीको हो । अझ मेरो जित मेरो पार्टीको हैन सिङ्गो वडाको जित हुनेछ । जब महिला नेतृत्वमा पुग्न सकिदैन तब हामी सधै पछाडी पर्नेछौं । त्यसैले मलाई हैन कुनैपनि पार्टीको महिला नेतृत्वमा पुग्न आवश्यक छ ।

फरक पार्टीको उम्मेदवार भएपनी उनलाई सत्तापक्षका नेता कार्यकर्ताले भने सहयोग गर्दै आएका छन् । उनी सिंगो नगरको एक मात्र महिला वडाध्यक्ष पदको उम्मेदवार पनि हुन् । धेरै वडावासीको अनुरोध र नेतृत्वमा रहदाको आफ्नो अनुभव लिएर उनी जनतामाज पुनः आएकी हुन् ।

पाँचदलीय गठबन्धनबीच भागबन्डामा सहमति नभएपछि वडामा कांग्रेसबाट गणेश कोइराला, माओवादी केन्द्रबाट घमराज सुवेदी, समाजवादीबाट सुलभ कार्की र राप्रपाबाट पुष्कर खड्का उम्मेदवार बनेका छन् । शीर्ष पार्टीले आ–आफ्नै उम्मेदवार बनाएपछि वडाको निर्वाचन थप रोचक हुने देखिएको छ ।