Logo

भवानी कार्की

जेष्ठ १, २०७९ आईतबार

दोलखाको भीमेश्वरमा ३० वर्षपछि कांग्रेसले भत्कायो एमालेको किल्ला


काठमाडौं । नेपाली कांग्रेसले ३० वर्षपछि दोलखामा एमालेको किल्ला भत्काएको छ ।

भीमेश्वर नगरपालिका–१ मा एमालेले भन्ने गरेको विरासतवाला लालकिल्ला कांग्रेस नेतृत्वमा तोडिएको छ। वडाध्यक्षमा माधव थामीसहित पूरै प्यानल विजयी भएको छ ।

विजयी हुने वडा सदस्यहरुमा निशा थामी, बिष्णुमाया खाती, गंगा थामी र वालकृष्ण राय छन् । भीमेश्वर नगरपालिकामा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चुनावको नेतृत्व गरिरहेका छन् । सो नगरपालिका उनकै गृहनगर पनि हो ।

यसले एमालेका पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेललगायतलाई ठूलो धक्का लागेको छ ।