Logo

भवानी कार्की

जेष्ठ ३, २०७९ मंगलबार

नवराज भट्टराई नेतृत्वको टिम अत्याधिक मतले विजयी


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा नेकपा एमालेका नवराज भट्टराई नेतृत्वको टिम अत्याधिक मतले विजयी भएको छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई १२७० मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

बूनपा १० को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार नवराज भट्टराईले २५७१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका डोरप्रसाद आचार्यले जम्मा १३११ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा नवराज भट्टराई निर्वाचित हुँदा महिला वडा सदस्यमा नेकपा एमालेकै रिता दाहाल, दलित महिला सदस्यमा दिल कुमारी बि.क., खुल्ला सदस्यहरुमा चन्द्रमान श्रेष्ठ र देवी रेग्मी समेत अत्याधिक मतल विजयी भएका छन् । खुल्ला सदस्यका देवी रेग्मी बाहेक सवै उम्मेद्वारहरु गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित बूनपा १० का जनप्रतिनिधिहरु हुन् ।

प्राप्त मत परिणाम अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं. १० सम्म आईपुग्दा नगरप्रमुख र उपप्रमुखमा समेत नेकपा एमालेकै उम्मेदवारहरुको वर्चस्व देखिन्छ ।