Logo

बागमती पेज

जेष्ठ ४, २०७९ बुधबार

सुनवल–१० मा एमालेका दिलबहादुर थापा सहितको प्यानल बिजयी


नवलपरासी । जिल्लाको सुनवल नगरपालिका वडा नं १०  मा नेकपा एमालेका वडाध्यक्ष सहित पुरै प्यानलले जित हासिल गर्न सफल भएको छ ।

नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार दिल बहादुर थापा मगर ५६१ मत सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेका उम्मेदवार जित बहादुर पुन मगरले ४७३  मत प्राप्त गरेका थिए ।  वडाध्यक्षमा दिल बहादुर थापा समेत सदस्यहरुमा नेकपा एमालेका  गिता देबि बस्याल, गिता भिजार रोकहा, मोहन बहादुर बुढाथोकी  र राज कुमार विक विजयी भएका छन् ।