Logo

मेघनाथ पहाडी

जेष्ठ ५, २०७९ बिहीबार

बूढानीलकण्ठ–१३ मा टिका नारायण श्रेष्ठको प्यानल विजयी


काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठ (टिकेश) नेतृत्वको प्यानलै विजयी भएको छ । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई २१४ मतले पराजित गरेका हुन् ।

बूनपा १३ को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार टिका नारायण श्रेष्ठले १६८७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेद्वारले १४७३ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा श्रेष्ठ निर्वाचित हुँदा महिला वडा सदस्यमा नेकपा एमालेकै रिना श्रेष्ठ, दलित महिला सदस्यमा राममाया विश्वकर्मा, खुल्ला सदस्यहरुमा श्याम श्रेष्ठ र मंगल नगरकोटी विजयी भएका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ को मतगणना सकिएसँगै प्रमुख र उपप्रमुखको पनि टुङ्गो लागेको छ । नगरप्रमुखमा नेकपा एमालेकै मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा विजयी भएका छन् ।

बूढानीलकण्ठ १३ मा नगरप्रमुखका उम्मेद्वार अधिकारीले २०३० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी विनोद चालिसेले १३६६ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखका उम्मेद्वार अनिता लामाले १६७१ मत पाउँदा प्रतिद्वन्दी काँग्रेसका उम्मेद्वारले १३८९ मत ल्याएका छन् ।