Logo

भवानी कार्की

जेष्ठ ६, २०७९ शुक्रबार

भिमेश्‍वर नगरपालिका मेयरमा कांग्रेस र उप-मेयरमा एमाले विजयी


काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्‍मेदवार ईश्वर नारायण मानन्धर र उपप्रमुखमा नेकपा एमालेकी कमला बस्नेत निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार इश्वर नारायणले निकटतम् प्रतिस्पर्धी एमालेका हरिवंश चौलागाईलाई १४०० बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

मानन्धरले ८७२३ मत ल्याउँदा एमालेका भचौलागाईले ७३०१ मत मात्र पाए ।

यस्तै नगरको उपमेयरमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी उम्‍मेदवार संगीता तामाङलाई ३०० बढी मतले पराजित गर्दै एमालेकी कमला बस्‍नेतले जितेकी हुन् । कमलाले ७२६४ मत ल्याउँदा समाजवादीकी संगीता तामाङले ६९२१ मत मात्र पाइन् ।

यसअघि ०७४ सालमा कोल्हबी नगरको मेयरमा भरतबहादुर भण्डारी र उपमेयरमा सुइना थरुनी निर्वाचित भएकी थिइन् ।