काठमाडौं । सर्लाहीको बागमती नगरपालिका प्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मोक्तानले पदभार ग्रहण गरेका छन् ।
प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा माओवादीबाट निर्वाचित थापा र उपमेयर मोक्तानले बुधबार दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् ।
निर्वाचित मेयर भरतकुमार थापाले अघिल्लो कार्यकालमा १२१ बिघामा ताल बनाइ आन्तरिक आम्दानी बढाउने भूमिका खेलेका थिए । जसलाई भरत तालका नामले चर्चित छ ।
प्रतिक्रिया दिनुहोस्