Logo

भवानी कार्की

जेष्ठ १२, २०७९ बिहीबार

बालेनको विजय घोषणाअघि राष्ट्रियसभा गृह अगाडि खुसीयाली


काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरको मेयरमा बालेन शाह विजयी घोषणा हुँदैछन् ।

त्यसको खुसीयालीमा अहिले राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रियसभागृह अगाडि बालेनका समर्थक र शुभचिन्तकहरु खुसीयाली मनाइरहेका छन् । बालेनको विजय घोषणालगत्तै धन्यवाद र्याली समेत गरिँदैछ ।