Logo

बागमती पेज

जेष्ठ १३, २०७९ शुक्रबार

भरतपुर महानगरकी मेयर दाहाल परिन् दुर्घटनामा, कस्तो छ स्वास्थ्य अवस्था !


काठमाडौँ ।  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । 

उनी सवार किया कम्पनीको गाडी शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । 

प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ ।

टाउकोमा चोट लागेपछि उनलाई सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ । 

भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी भएसँगै उनी काठमाडौँ आएर खुमलटारमा  बस्दै आएकी थिइन् ।