Logo

भवानी कार्की

जेष्ठ १७, २०७९ मंगलबार

दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेल पुरस्कृत


काठमाडौं । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा प्रसाद पौडेल पुरस्कृत भएका छन् ।
स्थानीय निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले डिएसपी पौडेललाई पुरस्कृत गरेको हो ।

विगतमा भएका विभिन्न निर्वाचनमा दोलखामा विभिन्न खालका घटना घट्दै आएका थिए । यस पटक सम्पन्न भएको स्थानीय निर्वाचनमा जिल्लाकै सबै पालिकामा यसपटक डिएसपी पौडेलको कुशल नेतृत्वका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।

डिएसपी पौडेललाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी पूजा सिंहले पुरस्कृत गरेकी थिईन् ।

उक्त अवसरमा अधिकारीले जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई इमान्दारी ढंगबाट निर्वाह गरेकोले पुरस्कृत गरिएको जनाइएको छ ।