Logo

बागमती पेज

जेष्ठ १९, २०७९ बिहीबार

एन्फा निर्वाचन : मताधिकार पाएका चार जनाको नाम कटौती


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुन लागेको निर्वाचनका लागि गठित निर्वाचन समितिले चार भोट कटौती गरेको छ । एन्फा निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा ८१ जनाले मात्र मताधिकार पाउने भएका छन् ।

यसअघि दुई जिल्ला पनि मताधिकारबाट बञ्चित भएका थिए । बुधबार चार जनाको नाम दाबी विरोधपछि अयोग्य ठहर गरिएको छ । मतदाता नामावलीमाथि परेको उजुरीका आधारमा निर्वाचन समितिले सिराहा, फ्रेन्ड्स क्लब, सरस्वती क्लब र महिला संघको भोट कटौती गरेको हो ।

उजुरीको आधारमा छानविन गर्दा सिरहाका प्रवीण यादव, फ्रेन्ड्स क्लबका दिपक थापा, सरस्वती क्लबका उत्तम भण्डारी र महिला संघकी पेमा डोल्मा लामाको भोट कटौती गरेको निर्वाचन समितिले जनाएको छ ।