Logo

बागमती पेज

जेष्ठ २०, २०७९ शुक्रबार

काठमाडौँ मुलपानीमा एक युवकको सव फेला


काठमाडौँ । काठमाडौंको मूलपानीमा बाजुरा घर भएका युवक मृत भेटिएका छन् । काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् ।​

मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा भुईँमा खसेको अवस्थामा बिहिबार उनको शव भेटिएको थियो ।

युवकका आफन्तहरुले घटना शंकास्पद भएको दावी गर्दै अनुसन्धान गर्न माग गरेका छन् । घटना किन र कसरी भयो भन्ने सम्वन्धमा अनुसन्धान भइरहेको छ ।