Logo

बागमती पेज

जेष्ठ २२, २०७९ आईतबार

पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट, दुई जना घाइते


काठमाडौ । टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि वीर अस्पताल पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए। डिएसपी घिमिरेकाका अनुसार पेट्रोलपम्पमा वेल्डिङको काम गर्ने क्रममा जमिनमुनि रहेको ट्याङ्कीको मुखमा जमेको ग्यास लिक हुँदा उक्त विष्फोट भएको हो।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसी दिनेशराज मैनालीले घटनाबारे थप बुझ्ने काम भइरहेको बताए। उक्त पेट्रोलपम्पमा केही दिनअघि समस्या देखिएपछि मर्मतको काम भइरहेको थियो। सोही क्रममा आज विष्फोट भएको हो।