Logo

मेघनाथ पहाडी

जेष्ठ २३, २०७९ सोमबार

प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा


काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा हुनेमा उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् । गृह मन्त्रालयको बढुवा समितिको सिफारिसका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।