Logo

बागमती पेज

जेष्ठ २३, २०७९ सोमबार

फर्पिङको जंगलमा मृत फेला परेका जोडीको खुल्यो पहिचान


काठमाडौं । फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका एक जोडीको पहिचान खुलेको छ ।

सोमबार दिउँसो दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा करिब २२–२३ वर्षका युवक र युवती मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष ठकुरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवकसँगै मृत भेटिएकी युवती दाङको राप्ती गाउँपालिका घर भएकी विमला कुमाल हुन् ।

घटनास्थलमा २ वटा विषादीको बट्टा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।