काठमाडौं । कुमारी बैंक र पोखरा स्थित अन्नपूर्ण केबलकारबीच सम्झौता भएको छ। कुमारी बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो संस्थाबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पिओएबाट भुक्तानी गर्दा १०५ प्रतिशत छुट पाउँछन् ।
सम्झौता पत्रमा कुमारी बैंक गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ इकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्