Logo

बागमती पेज

जेष्ठ २६, २०७९ बिहीबार

अभिनेता राजेश हमालद्वारा विद्यार्थीहरुलाई ट्याब वितरण


काठमाडौं । अभिनेता राजेश हमाल विभिन्न सामाजिक कार्यक्रममा पुग्ने गरेका छन् । मंगलबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ ज्यामिरे पुगेर हमालले विद्यार्थीहरुलाई ट्याब वितरण गरे ।

त्यहाँको पञ्चकन्या आधारभूत विद्यालय र शर्भासुधा आधारभूत विद्यालयका विद्यार्थीलाई अमेरिकास्थित ‘के फाउन्डेसन’बाट प्राप्त ट्याब वितरण गरेका हुन् ।

अमेरिका बस्दै आएका प्रकुल न्यौपानेको सहयोगमा दुई विद्यालयका लागि ५/५ वटा ट्याब वितरण गरिएको थियो । १६ वर्षीय प्रकुलले ट्याबमा विद्यार्थी सिकाउने नयाँ प्रविधिको प्रयोग गर्दै अनलाइन कोर्सको डिजाइन गरेका छन् ।

ट्याब हस्तान्तरण कार्यक्रममा अभिनेता हमालले प्रकुलले दुर्गम क्षेत्रका विद्यार्थीका लागि डिजिटल प्रविधिसँग जोड्न ट्याब उपलब्ध गराउनु प्रशंसनीय कार्य भएको बताए ।

उनले विद्यार्थीलाई ट्याबको सही सदुपयोग गराउन शिक्षकहरुलाई आग्रह समेत गरे । समाजलाई दिशानिर्देश गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले विद्यार्थीहरुलाई शिक्षामा जोड दिन उनले सुझाए ।