Logo

बागमती पेज

जेष्ठ २९, २०७९ आईतबार

जी–बबको आरोप आमाबुवालाई, चर्चित भएसी पैसा माग्न थाल्नुभयो


काठमाडौँ । चर्चित र्‍याप तन्नेरी जी–बब अर्थात् सुदीप भण्डारी विवादमा तानिएका छन् । र्‍याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका बुवाआमाले उजुरी दिएका थिए ।

तर बुवाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी–बबले पनि प्रशासनमा उजुरी दिएका छन् । प्रहरीले दुवै जनालाई सोमबार छलफलमा बोलाएको छ ।

जी–बबका बुवाआमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै छोरालाई घर फिर्ता ल्याउनुपर्ने, उसले कमाएको पैसा पाउनुपर्ने र छोराको स्वास्थ्य सुधार्न रिह्याबमा राख्नुपर्ने माग गरेका छन् ।

तर जी–बबले आफु चर्चित भएसी घरमा पैसा मागेको बताएका छन । घरमा आमासँग राम्रो सम्वन्ध नभएको पनि उनको भनाई छ । आमा आफु पपुलर नहँदापनि बोल्ने नगरेको जी–बताउँछन् । घरमा आमा र आफुहरुको अलग अलग किचन रहको र कहिलै आफुसँग राम्रोसँग नबोल्ने आमाले पपुलर भएपछि पैसा खोज्न थालेको उनले आरोप लगाएका छन् ।

एएनटीएफले आफुलाई बन्धक बनाएर नराखेको उनको भनाइ छ । आमाले एएनटीफसँग भेट्न नदिने प्लान बनाएको जी–बबको आरोप छ । आमालाई जसरी पनि पैसा चाहिएको र तेस्कै लागि आमाले प्रहरीमा उजुरी दिएको उनको बताएका छन् ।

विवादको केन्द्रमा आर्थिक कारोबार नै देखिएको छ । जी–बबले पनि आफूले आमाबाबुबाट स्वतन्त्रता पाउनुपर्ने माग राखेका छन् ।