Logo

बागमती पेज

जेष्ठ ३०, २०७९ सोमबार

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु


काठमाडौँ । काठमाडौंको कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जडिबुटीतर्फ जाँदै गरेको ना ५ ख २८१९ नम्बरको मिनी ट्रकले ठक्करदिँदा मोटरसाइकलमा सवार सम्झना राईको मृत्यु भएको हो ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई बा ७१ प ३०५२ नम्बरको मोटरसाइकलको पछाडी सवार थिइन् । मोटरसाइकल पनि कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै थियो ।

मोटरसाइकल चालक बाग्लुङ घर भएका ३४ वर्षका टिकबहादुर महत र मिनीट्रक चालक सिन्धुपाल्चोक घर भएका २५ वर्षीय सुवास कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनामा गम्भिर घाइते भएकी सम्झनाको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतलामा मृत्यु भएको हो ।