Logo

बागमती पेज

असार २, २०७९ बिहीबार

झयाँकुका मृतक युवकको प्रेमिकाले हत्या गरेको खुलासा


काठमाडौँ । दोलखाको झ्याँकुका एक युवकको आफ्नै प्रेमिकाले हत्या गरेको पुष्टि भएको छ ।

यही जेठ ११ गते मृत फेला परेका गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याँकुका २४ वर्षिय यानबहादुर बस्नेतको आफ्नै प्रेमिकाले कर्तव्य गरी हत्या गरेको पुष्टि भएको हो । यही जेठ १० गते साँझ घरबाट निस्किएका बस्नेत जेठ ११ गते विहान झ्याँकुको सर्सेपु आधारभुत विद्यालय नजिकैको जंगलमा मृत फेला परेका थिए । उनको आत्महत्या नभई हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

दोलखा प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनामा संलग्न एकै परिवारका ६ सहित ७ जनालाई समेत सार्वजनिक गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ निवासी बस्नेतकी प्रेमिकाले घाँटी थिचेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।