Logo

बागमती पेज

असार ३, २०७९ शुक्रबार

दोलखाका स्थानीय सरकार बजेट निर्माणमा व्यस्त, फरक ढङ्गको बजेट बन्ने जनप्रतिनिधिको योजना


काठमाडौँ । स्थानीय सरकार आगामी आर्थिक बर्षका लागि धमाधम योजना तर्जुमा तथा बजेट निर्माणमा लागि परेको छन् । दुई नगरपालिका र ७ गाउँपालिका रहेको दोलखाका स्थानीय सरकार आगामि आर्थिक बर्ष २०७९ र ८० को योजना तर्जुमा तथा बजेट निर्माणमा जुटेका हुन् ।

स्थानीयहरु अहिले धमाधम वडास्तरमा योजना छनौट तथा सुझाव संकलनमा व्यस्त रहेका छन् । जिल्लाका स्थानीय तहहरुले वडाहरुलाई योजनाको खाका तयार गर्नका लागि पत्राचार गरिसकेका छन् । वडाबाट आएका योजनाहरुको स्रोत अनुमान गरी प्राथमिकताका आधारमा बजेट तय गरिने स्थानीय सरकारहरुले बताएका छन् । स्थानीय सरकारले आगामि असार १० गतेभित्र बजेट ल्याईसक्नु पर्ने व्यवस्थाका आधारमा स्थानीय सरकार धमाधम बजेटको गृहकार्यमा जुटेका हुन् ।

जिल्लाक सवै गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले आगामी बर्षको बजेटमा शिक्षा, स्वास्थ्य, जस्ता आधारभुत अवरश्यकतासँगै सामाजिक विकास र संस्थागत बिकासलाई बिशेष प्राथमिकता दिएर बजेट ल्याउने तयारीमा रहेको पाइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक बर्षको राजस्व र व्यय बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेश गर्नुपर्ने प्राबधान रहेको छ । असार १० भित्र पेश भएको बजेट कम्तिमा असार मसान्त भित्र पारित गरिसक्नुपर्नेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी बित्त व्यवस्थापन ऐन अनुसार सबै स्थानीय सरकारले असार १० भित्र बजेट ल्याउनुपर्ने र बजेट पारित नगरी कुनै पनिखर्च गर्न नपाउने व्यवस्था छ ।

केन्द्र सरकारले बजेट पठाउनु भन्दा अघि प्रदेश र स्थानीय तहले बित्तिय समानीकरण अनुदानबाट खर्च भएको रकमको विवरण सम्बन्धित कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाउनुपर्ने प्राबधान राखिएको छ । समयमै बजेट ल्याउन नसक्ने स्थानीय सरकारले समयमै विवरण पठाउन नसक्दा उनीहरुले केन्द्रबाट पाउने अनुदान समेत प्रभावित हुने गर्दछ ।