काठमाडौँ । बाढी, पहिरोका कारण देशका विभिन्न स्थानामा सडकहरु अवरुद्ध भएका छन्। लमजुङको बेसिशहर नगरपालिका १ उदिपुरस्थित सडकमा गएराति पहिरो जाँदा सडक अवरोध भएको छ।
अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड अवरोध भएको छ।
त्येस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ७ स्थित बेलचौतारा भिमाद भित्री सडकखण्डको स्याउली बजारमा नयाँ बनाउँदै गरेको रोडमा वर्षाको कारण खाडल परी गएराति सडक अवरोध भएको छ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन गएराति बगाएपछि सडक अवरोध भएको छ।
इलाका प्रहरी कार्यालय नयाँ बेलहनीबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।
बाढी तथा पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी आवश्यक उद्धार कार्य समेत गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्