Logo

बागमती पेज

असार ५, २०७९ आईतबार

दोलखाको जिरी नगरपालिकामा १ करोड १५ लाख बजेट विनियोजन


काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०७९/८० को लागि दोलखाको जिरी नगरपालिकामा १ कारोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिरी नगरपालिकाका ५ ठुला आयोजनाका लागि बजेट विनियोजन गरिएको हो ।

जिरी नगरपालिकाको समग्र विकासको लागि बजेट विनियोजन भएको हो । तिमध्ये कृषी उपज संकलन केन्द्र १५ लाख, गुबाजुटोल राबु यार्साटोल पल्लो सिङ्ग्वाटोल खानेपानी आयोजना जिरी–१ को लागि २५ लाख, खावा सुर्के समाज को अधुरो भवन निर्माण्का लागि २५ लाख त्यसैगरि देउराली थलारी वडा कार्यालय सडकको लागि २५ लाख र घुन्सा स्कुल देखि वडा कार्यालय सम्म सडक निर्माणको लागि २५ लाख रकम विनियोजन गरिएको छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० का लागि बजेट विनियोजन गर्ने क्रममा दोलखामा सबैभन्दा बढी बजेट सर्शत अनुदान आउने भएको हो । बागमती प्रदेशको बजेटमा दोलखाको सबैभन्दा बढी सर्शत अनुदान मध्ये जिरी नगरपालिकाको लागि यो रकम विनियोजन गरिएको छ ।

दोलखाका स्थानीय सरकार आगामी असार १० गतेभित्र बजेट ल्याईसक्नु पर्ने व्यवस्थाका आधारमा बजेटको गृहकार्यमा जुटेका थिए । बजेट विनियोजन भएसँगै आयोजना अनुसार धमाधम काम अगाडी बढाउने जिरी नगरपालिकाका प्रमुख मित्र बहादर जिरेलले बताएका छन् ।