Logo

बागमती पेज

असार ६, २०७९ सोमबार

बालेन्द्रद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाको समर्थन


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिजो प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सराहना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नीति कार्यक्रमको प्रशंसामा शब्द खर्चिएका हुन् ।

उनले ‘आशा आकांक्षा असीमित हुन्छन् भन्दै काठमाडौंको समग्र विकासका लागि बालेन्द्र साहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसानीय भएको बताएका छन् ।

संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा ध्यान दिनु नीति कार्यक्रमको राम्रो पक्ष रहेको अध्यक्ष थापाले जनाए । आगामी दिनमा नीति कार्यक्रम कार्यान्वयनका लागि थापाले शुभकामना समेत दिएका छन् ।