Logo

बागमती पेज

असार ६, २०७९ सोमबार

टेलिभिजन छाडी राजनीतिमा रवि लामिछाने, दाजु हरिशरण लामिछाने समेत चुनवी मैदानमा


काठमाडौँ । टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानेका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठ्ने भएका छन् । दशकौँ लामो सक्रिय सञ्चार कर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निर्वाचन क्षेत्र कायम गरिनेछ ।

काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् । ‘काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा रहनेछ बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्नेछ ।

यसैगरी उनका भाइ रविले भने ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्नेछन् । तर, उनले कुन स्थानबाट निर्वाचन लड्ने, त्यो भने अझै खुलाएका छैनन् । सम्भवतः मंगलबारको कार्यक्रम मार्फत उनले सो घोषणा गर्नेछन् ।