Logo

बागमती पेज

असार १०, २०७९ शुक्रबार

मेयर हर्क साम्पाङले घटाए घरानको बजेट


काठमाडौँ । धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेश गरेको छ । चालू आर्थिक वर्षका लागि उपमहानगरपालिकाले २ अर्ब ३ करोड ६४ लाखको आय व्यय अनुमान गरेको थियो । यथार्थ खर्च भने १ अर्ब ८ करोड ८९ लाख ३३ हजार भएको छ र आय भने १ अर्ब ५६ करोड ७७ लाख ९५ हजार भएको जनाइएको छ ।

आगामी आर्थिक वर्षका लागि धरानमा बजेट घटाएर चालू तर्फ ३ करोड ३७ लाख ७३ हजार ४ सय ४२ ९४९ ४६ प्रतिशत, पुँजीगततर्फ रु ८१ करोड ९५ लाख ५० हजार ५ सय ५ ९४८ ६१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु ३ करोड २५ लाख ९१ ९३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन हुने अनुमान गरिएको छ ।

धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेश गरेको छ । चालू आर्थिक वर्षका लागि उपमहानगरपालिकाले २ अर्ब ३ करोड ६४ लाखको आय व्यय अनुमान गरेको थियो । यथार्थ खर्च भने १ अर्ब ८ करोड ८९ लाख ३३ हजार भएको छ र आय भने १ अर्ब ५६ करोड ७७ लाख ९५ हजार भएको जनाइएको छ ।

आगामी आर्थिक वर्षका लागि धरानमा बजेट घटाएर चालू तर्फ ३ करोड ३७ लाख ७३ हजार ४ सय ४२ ९४९।४६ प्रतिशत०, पुँजीगततर्फ रु । ८१ करोड ९५ लाख ५० हजार ५ सय ५ ९४८/६१ प्रतिशत० र वित्तीय व्यवस्था तर्फ रु। ३ करोड २५ लाख ९१।९३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड, अन्य संस्थागत आन्तरिक अनुदान ५ करोड २० लाख, संघीय सरकारबाट अनुदान ८३ करोड ४ लाख, प्रदेश सरकारबाट अनुदान ३ करोड ५० लाख ७० हजार, संघीय राजस्व बाँडफाँडबाट २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २० करोड र अपुग हुने ११ करोड ३० लाख ८ हजार नगद मौज्दात परिवर्तनबाट व्यवस्थापन हुने अनुमान गरिएको छ ।

विनियोजित बजेटमा स्वास्थ्यतर्फ ४ करोड २ लाख, सामाजिक विकासतर्फ ५ करोड २ लाख २३ हजार, आर्थिक विकासतर्फ २ करोड ७२ लाख, वन वातावरण उर्जा तथा विपद व्यवस्थापनतर्फ १ करोड ६ लाख, पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चारतर्फ २५ लाख, साहित्य कला र संस्कृतितर्फ ४५ लाख र अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।

बजेटमा सार्वजनिक जग्गा र जलाधार संरक्षणका लागि २० लाख, राजस्व सुधार तथा संस्थागत क्षमता विकासतर्फ २५ लाख, आवधिक योजना तथा नगर प्रोफाइल र घर, व्यवसाय र बहालको सूचना जिआइएस अपडेट तर्फ ४० लाख, प्रमुख कोष, उपप्रमुख कोष, आकस्मिक कोष तथा मर्मत कोषतर्फ ४३ करोड ९० लाख विनियोजन गरिएको छ ।

यस्तै शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ३९ करोड १० लाख, शिक्षा युवा तथा खेलकुदतर्फ ४० करोड ९७ लाख बजेट विनियोजन गरेको उपप्रमुख बेघाले बताए । धरान महानगरपालिकाको मेयरमा भने स्वतन्त्रबाट निर्वाचित हर्क साम्पाङ रहेका छन् ।