Logo

बागमती पेज

असार १३, २०७९ सोमबार

नवनियुक्त पर्यटनमन्त्री श्रेष्ठले गरे चैतर्फी प्रशंसा हुने निर्णय !


काठमाडौँ । नवनियुक्त सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार आएर मन्त्री श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज पदबहाली लगत्तै २ महत्वपुर्ण निर्णय गरेका छन् । पदबहालीको क्रममा उनले दुई वटा निर्णयमा हस्ताक्षर गरेका हुन्।

स्वयम्भुदेखि हनुमानढोकासम्म सम्पदा पदमार्ग निर्माण कार्य अगाडि बढाउने निर्णयमा उनले हस्ताक्षर गरे । स्वयम्भु-हनुमानढोका सम्पदा पदमार्गका लागि सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटसमेत छुट्याएको छ ।

यसैगरी कोभिड महामारीबाट प्रभावित भएको पर्यटन क्षेत्रलाई उत्थानका लागि कार्ययोजना बनाएर पेश गर्ने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा विगतमा विभिन्न अध्ययन प्रतिवेदन भएको र अब कार्ययोजना नै बनाएर पेश गर्ने निर्णय भएको उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षको लागि स्वयम्भु–हनुमानढोका सम्पदा पदमार्गका लागि बजेट छुट्याईसकेको छ ।