Logo

भवानी कार्की

असार १४, २०७९ मंगलबार

बूढानीलकण्ठमा प्रभावकारी बन्यो ‘थिङ्क पोजेटिभ’ कार्यक्रम


काठमाडौं । बूढानीलकण्ठमा स्कुल फाउण्डेशनले आयोजना गरेको थिङ्क पोजेटिभ कार्यक्रम प्रभावकारी बनेको छ । नगरपालिकाको विभिन्न स्थानमा गरिएको ३ दिने कार्यक्रम प्रभावकारी बनेको हो ।

अन्तराष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसर पारेर संचालन गरिएको कार्यक्रममा युवा देखि ज्यष्ठ नागरिकहरुको समेत सहभागिता रहेको थियो । ३ स्थानमा गरिएको कार्यक्रममा करिव ५०० जना भन्दा बढिको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले थिङ्क पोजेटिभ कार्यक्रम प्रभावकारी भएको धारणा व्यक्त गरे । मेयर अधिकारीले यस्ता कार्यक्रम नगरपालिकाभित्र समेत सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए ।

त्यस्तै उप–प्रमुख अनिता लामाले यस्ता कार्यक्रमले सकारात्मक भूमिका खेलेको भन्दै  बूढानीलकण्ठ नगरपालिकामा मात्र नभएर सबै स्थानीय तहका टोलटोलमा पुर्याउनुपर्ने कुरामा जोड दिएकी थिईन् ।

अभियानको आकर्षणको रूपमा रहेको वास्तविक जीवन कथामा आधारित चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव, व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही बमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पार्ने असरलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको थियो ।

परिवारको सहि निगरानीको अभाव र खराब सङ्गगतका कारण युवाहरु कसरी दुव्र्यसनमा लाग्दछन् र जीवन क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको पाईन्छ ।