Logo

बागमती पेज

असार १४, २०७९ मंगलबार

सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता


काठमाडौँ । सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्स सोलुखुम्बुको फंगाथाङबाट बेपत्ता भएका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ स्थित तेङवोचेको फंगाथाङबाट भारतीय चिकित्सक डा.चन्द्रमोहन शिवनाथ बेपत्ता भएका हुन् । सगरमाथा आधार शिविर आरोहणका लागि आएका शिवनाथ जेठ ५ गते देखि बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक डिएसपी सुनिलजंग शाहले जानकारी दिएका छन् ।

जेठमा ५ गते नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा.शिवनाथ आधार शिविरतर्फ लागेको रेकर्ड राखेको छ । बेपत्ता उनको खोजीका लागि प्रहरी निरीक्षकको कमाण्डमा ३ टोली परिचालन गरिएको र टोलीले थामबोचे र सगरमाथा आधार शिविरमा खोजीरहेको प्रहरीले जनाएको छ । फंगाथाङबाट सगरमाथा आधार शिविर पुग्न ३ दिन पैदल हिडनुपर्छ ।

यसअघि सगरमाथा आधार शिविर हिँडेकी कोरियन महिला पनि चैत ६ बाट बेपत्ता भएकी छिन् । उनलाई हालसम्म फेला पार्न सकिएको छैन ।