Logo

बागमती पेज

असार १४, २०७९ मंगलबार

नेपालमा थप ४४ जनामा सङ्क्रमण पुष्टि


Corona Virus COVID-19

काठमाडौँ । नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । हाल देशभर २२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९९६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।