Logo

बागमती पेज

असार १६, २०७९ बिहीबार

सबैको रोजाइमा मनास्लु वर्ल्ड कलेज


काठमाडौं । चाबहिल चुच्चे पार्टीमा अवस्थित मनास्लु वर्ल्ड कलेज पछिल्लो समय सबैको रोजाइको कलेज बनेको छ । छोटो समयमै सर्वाधिक चर्चा कमाउन सफल यस कलेजमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्यापन गराईन्छ ।

कलेजका प्रबन्ध निर्देशक राजन श्रेष्ठले विद्यार्थीको बौद्धिक क्षमतालाई ध्यानमा राखेर अध्ययन गराइने बताए । मनास्लु कलेजमा अध्ययन गर्न आउने विद्यार्थी खाली हात फर्केर जान नपर्ने जानकारी गराउँदै प्रवन्ध निर्देशक श्रेष्ठले भने, ‘विद्यार्थीको क्षमताअनुरूपको रोजगारको ग्यारेन्टी हामीले दिएका छौं ।’

‘यो कलेजले विद्यार्थीका लागि हरेक प्रकारको सहुलियत दिएको छ । पढाइमा अतिरिक्त अन्य अभ्यास पनि गरिने भएकाले विद्यार्थीको आकर्षण बढ्दो छ । उनले भने, ‘विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दे उपत्यका भित्रका विद्यार्थी हर मात्र नभएर ग्रामीण भेगका विद्यार्थीहरूलाई समेत उचित प्राथमिकतामा राख्दै, दक्ष तथा जेहनदार विद्यार्थीहरूलाई छात्र वृद्धिको व्यवस्था गरेका छौँ ।’

प्रशस्तै पुस्तक र सुविधा सम्पन्न लाइब्रेरी, साइन्स ल्याब कलेजको मुख्य विशेषता हो । अङ्ग्रेजी माध्यममा पढाई हुने कलेजमा बिहान र दिउँसो जुनसुकै समयमा पनि विद्यार्थीले पढ्न पाउँछन् । आर्थिक अभावका कारण कसैले पनि कलेजमा पढ्ने अवसरबाट वञ्चित हुनु नपरेको कलेजको भनाई छ।

मनास्लु वर्ड कलेजका विशेषता:

  • दक्ष, अनुभवी तथा युवा उर्जावान फ्याकल्टि मेम्बेर्स
  • शान्त एवं रमणीय वातावरणमा पठनपाठन हुने
  • प्रविधिमैत्री कक्षा
  • विज्ञान प्रयोगशाला, हाइस्पिड इन्टरनेट सहितको शिक्षा
  • सिपमूलक व्यवहारिक शिक्षा, संस्कारयुक्त शिक्षा
  • विद्यार्थीको चौतर्फि विकासकालागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण
  • खेलकुद तथा बौद्धिक प्रतिस्पर्धात्मक कार्यक्रमहरु
  • विभिन्न अन्तर्राष्ट्रिय कलेजहरुसँग सहकार्य गरि शैक्षिक अनुभवको आदान प्रदान गराइने
  • पढाइमा अब्बल, खेलकुद, गायन, नृत्यको साथै अन्य विविध विधामा प्रतिभाशाली विद्यार्र्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने
  • विद्यार्थीहरुको रुचि अनुसार शिक्षण सिकाइ गरिनुको साथै जुन विद्यार्थीको जे क्षमता रहेको छ त्यहि क्षमतालाई अभिबृद्धि गर्नको लागि कलेजले सहजीकरण गर्ने
  • पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रमको आलावा अन्य सिपसँग जोडिएको विविध तालिम लगायत अन्य सिपसँग जोडिएका क्रियाकलापहरु संचालन गरिने