Logo

मेघनाथ पहाडी

असार १९, २०७९ आईतबार

रन्जु दर्शनाको चुनावी क्षेत्र घोषणा: पाइन् ठुलो समर्थन !


काठमाडौँ । रन्जु दर्शनाले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरेकी हुन् । प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हर्षित भएको उल्लेख गरेकी छन् ।

उनले यस अभियानमा सँगै रहेर काम गर्नका लागि समेत अपिल गरेकी छिन् । तपाईहरू पनि यस अभियानको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सारथि बन्न चाहनुहुन्छ भने लिङ्कमा दिएको फर्म भरेर आउन सक्नु हुनेछ, उनले भनेकी छन् ।

सोही फर्ममार्फत धेरैको सङ्ख्यामा अभियानमा जोडिनका लागि फर्म आइसकेको जनाइएको छ ।

जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि क्षेत्र नं. ५ बाट चुनाव लड्ने तयारीमा छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । सोही क्षेत्रबाट नेपाली काँग्रेसका नेता प्रकाश शरण महत र विवेकशील नेपाली दलका स्वर्गीय उज्ज्वल थापालगायतका उम्मेदवारले पनि प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा काठमाडौँ महानगरपालिकाका वडा नं. २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका वडा नं. २, ३, ४, ५, ६ र ७ पर्दछन् ।