Logo

बागमती पेज

असार २०, २०७९ सोमबार

राष्ट्रपतिद्वारा तीन नयाँ मन्त्री नियुक्त, राजेन्द्रको पद कायमै


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन नयाँ मन्त्री नियुक्ति गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जसपाका तीन नयाँ मन्त्री नियुक्ति गरेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरेकी हुन् ।