Logo

बागमती पेज

असार २२, २०७९ बुधबार

एनसेलद्वारा निर्मित ‘रिङरोड ग्रीन बेल्ट’को उद्घाटन


ललितपुर । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल आजियाटा लिमिटेडले कोटेश्वरदेखि कलंकी सडक खण्डमा निर्माण गरेको ‘ग्रीन बेल्ट’ को मंगलबार उद्घाटन गरिएको छ ।

एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा मंगलबार उक्त ग्रीन बेल्ट उद्घाटन गरेका छन् । एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माणको सकाएर हाल यस क्षेत्रको संरक्षणको काम गरिहेको छ ।

एनसेलले ल्यान्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षण बाहेक कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोणमा पनि योगदान पुर्‍याएको छ । एनसेलले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्न छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले दीगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरणसम्बन्धी लक्ष्य र एनसेलको नेट जिरो कार्बनको आकांक्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा खुसी लागेको बताए । यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको उनको भनाइ थियो ।