Logo

बागमती पेज

असार २३, २०७९ बिहीबार

सरकारका विरुद्ध धर्ना बस्ने हर्क साम्पाङको घोषणा


काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक पछि अर्को जनपक्षिय काम गर्दै आएका छन् ।

निर्वाचित भएलगत्तै उनले आफ्नो पहिलो काम धराने जनतालाई सहज रुपमा खानेपानी उपलब्ध गराउने घोषणा गरेका थिए ।

धराने जनतालाई खानेपानी खुवाउने योजनामा संघीय सरकार र प्रदेश सरकारले असहयोग गरेको उनको भनाई छ । धरानको खानेपानी समस्या समाधान गर्न सहयोग हुँदैन भने संघ र प्र्रदेशको खानेपानी मन्त्रालयलेको काम नहुने उनको भनाई छ ।

‘धरानको खानेपानीको समस्या समाधान गर्न सहयोग हुँदैन भने प्रदेश सरकार र संघीय सरकारको खानेपानी मन्त्रालय बन्द गर्ने माग लिएर धर्ना बस्नेछु ।’ उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘नाम याद रहोस् (हर्क साम्पाङ)’