काठमाडौं : नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राईलाई तोकिएको छ । आईजीपी धिरज प्रताप सिंहले बिहिबार डीआईजी राईलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी विष्णुकुमार केसीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरेको थियो ।
राई असार १७ मा डीआईजीमा बढुवा भएका थिए । बढुवापछि उनलाई गृह मन्त्रालयले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्