Logo

बागमती पेज

असार २६, २०७९ आईतबार

मुस्लिम समुदायको बकर इद धुमधामले मनाइँदै 


काठमाडौँ ।  मुस्लिम समुदायको ठूलोमध्येको पर्व बकर इद इद उल अजाह देशभर मनाइँदै छ ।  मुस्लिम समुदायले विहानै नुहाइ धुवाई गरी  नवाज पढेका छन् ।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इदमा बिहानै नुहाई धुवाई गरी सफा कपडा लगाएर नवाज पढ्दै एकअर्कालाई शुभकामना आदान प्रदान गरिएको हो ।

बकर इदलाई कुर्बानीको पर्व मानिन्छ। मुस्लिम समुदायले यो पर्वमा बाख्रा काट्छन्। त्यसलाई तीनभाग लगाइन्छ।

एक भाग गरिबलाई, अर्को भाग आफन्ती र तेस्रो भाग आफूले खाने गरिन्छ। बकर इद तीन दिनसम्म धुम धामले मनाउने चलन छ।