Logo

बागमती पेज

असार २७, २०७९ सोमबार

शेखर कोइराला पक्षका काँग्रेस कार्यकर्ता द्धरा साानेपामा प्रदर्शन


काठमाडौँ । नेपाली काँग्रेसको शेखर कोइराला पक्षका काँग्रेस कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला पार्टी विधान पूर्ण पालनाको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले भ्रातृ संस्थाहरूको तत्काल वैधानिक पूर्णता, नेपाली काँग्रेसभित्र समान र न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग अघि सारेका छन् ।

प्रदर्शनमा नेविसंघ, तरुण दल, दलित संघ लगायतका भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी थिए । प्रदर्शन रोक्न पार्टी कार्यालय परिसरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।