Logo

बागमती पेज

असार २९, २०७९ बुधबार

गभर्नरको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने


काठमाडौँ । माओवादी केन्द्र निकट भातृ संगठनहरु वाइसिएल र अखिल क्रान्तिकारी ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गर्ने भएको छ । ती संगठनले अपरान्ह ४ बजे माइतीघरमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् ।

बुधबार अपराह्न ४ बजे माइतीघरबाट विरोध प्रदर्शन शुरु हुने अखिल क्रान्तिकारी का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नरको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीविरुद्ध समाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।