Logo

बागमती पेज

असार ३०, २०७९ बिहीबार

ड्युटी नजाने भरतपुर अस्पतालका एक चिकित्सक कारबाहीमा


काठमाडौँ । भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ।

गत आइतबार बिहान २४ घण्टासम्म ड्युटीका चिकित्सक राउण्डमा नजाँदा’ शीर्षकको समाचार प्रकाशित भएपछि अस्पताल प्रशासनले ड्युटीमा नजाने चिकित्सकलाई कारबाही गरेको हो।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा। कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा। ऋतुराज तिवारीलाई कारबाही गरिएको हो।

उनलाई तत्कालै स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नआएपछि बुधबार निजको करार भङ्ग गरिएको मेडिकल सुपरिटेण्डेण्ट पौडेलले जानकारी दिए।

भरतपुर अस्पताल संघीय अस्पताल हो। यहाँ ६०० शय्या छन्। चितवनसहित २१ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्।

चिकित्सक र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा बिरामी तथा बिरामीका आफन्तले हैरानी व्यहोर्नु व्यहोर्दै आएका थिए।