Logo

बागमती पेज

असार ३०, २०७९ बिहीबार

बुटवलको होटलमा किशोरीको मृत्यु : पूर्व प्रेमी पक्राउ


काठमाडौँ । बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की समीक्षा गुरुङको मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ परेका छन् । असार २५ गते शनिबार गोल पार्कमा रहेको होटल पाल्पालीमा झुन्डिएको अवस्थामा गुरुङ फेला परेकी थिइन् । सो प्रकरणमा होटलमा उनीसँगै बसेका पूर्व प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असीम श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो ।

शुक्रवार राती होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केका थिए । गुरुङ भने होटलको रुम नम्बर १०५ मा झुन्डिएको अवस्था भेटिएकी थिइन् । प्रहरीले धेरै अनुसन्धानपछि होटलमा सँगै बस्ने श्रेष्ठ रहेको पत्ता लगाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताए ।

बुटवलमा घर भए पनि एसइई पछि स्टाफ नर्स पढ्ने तयारीको लागि काठमाडौँ बस्ने समीक्षा असार २३ गते बुटवल आइएकी थिइन् । बुटवलको अमर पथमा पसल गर्ने असीम श्रेष्ठसँग उनको पुरानो सम्बन्ध थियो ।

पछिल्लो समय सम्बन्धमा खटपट आएपछि कुनै फोन, सामाजिक सञ्जालमा सम्पर्क भएको थिइनन् । तर जब असार २४ गते समीक्षाले कल गरिन् अनि भेटघाट गर्ने योजना बन्यो । अमर पथको पसल बन्द गरेर श्रेष्ठ गोल पार्कमा रहेको होटल पाल्पालीमा पुगे । त्यो भन्दा आधा घण्टा अगाडि नै गुरुङ भने होटलमा पुगेर दाइ आउँदै हुनुहुन्छ भन्दै रुम बुक गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शुक्रबार रातभर सँगै बसेपछि शनिवार श्रेष्ठ पसल खोल्नका लागि भन्दै बिहान ८ बजेतिर बिल तिरेर होटलबाट निस्के । तर युवती चाहिँ रुममै बसिन् । पछि उनलाई बोलाउनको लागि जाँदा ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले स्थानीयको रोहबरमा ढोका फोड्दा उनी झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । लुम्बिनी प्रादेशिक अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टमा गुरुङ झुन्डिएको भन्ने उल्लेख छ ।

प्रहरीलाई होटल सञ्चालकले युवायुवती रुममा बसेको बताए पनि प्रहरीलाई भने रुममा सँगै बस्ने युवाको खोजी गर्नको लागि सकस भयो । होटलमा उनीबारे कुनै रेकर्ड थिएन । नजिकै सीसी टीभी फुटेज पनि थिएन ।

प्रहरीले अनुसन्धान लागि घटनामा संलग्न रहेको आशङ्कामा ८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । यसरी सोधपुछमा पर्नेमा धेरै समीक्षाका साथीहरू थिए । तर धेरैले भेटघाट भयो छुटिएको भन्ने जवाफ दिएपछि प्रहरीले होटल सञ्चालकको भनाइलाई नै शङ्काको घेरामा राखेको थियो ।

पछि अनुसन्धान गर्दा रतिसँगै बस्ने पूर्व प्रेमीका श्रेष्ठ नै भएको खुलेको केसीले बताए । उता मृतकका बुवा सन्दीप गुरुङले होटल सञ्चालक रामप्रसाद अर्याल र श्रेष्ठविरुद्ध जबरजस्ती करणी गरी आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका छन् । प्रहरीले अनुसन्धान गर्दै थप कानुनी प्रक्रिया अगाडि बढाएको छ ।