Logo

बागमती पेज

असार ३१, २०७९ शुक्रबार

पावर हाउस भत्किँदा दुई छोरा सहित आमाको ज्यान गयो


काठमाडौँ । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भत्किँदा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

गएराति करिब साढे २ बजे आयोजनाको पावर हाउसमा पानीको बहाव बढी भई पावर हाउस भासिएको हो ।

घटनामा परी ज्यान गुमाउनेमा पावर हाउसमा कार्यरत चौकीदार गोरकबहादुर रावतका ३० वर्षीया श्रीमती विमला रावत र उनका दुईछोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् ।