Logo

बागमती पेज

असार ३१, २०७९ शुक्रबार

पोखरीमा डुबेको अवस्थामा बालकको शव फेला


काठमाडौँ । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति २ बर्षका एक बालकको शव भेटिएको छ ।

गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।

उनका अनुसार बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा भेटिएको हो ।